जेठ ०८, २०८१, मंगलबार
               

मानिसबाट जनावरमा पनि सर्यो कोरोना भाइरस

एजेन्सी
फागुन २४, २०७६

ADVERTISEMENT

एजेन्सी । हङकङमा एक घरपालुवा कुकुरलाई पनि कोरोनाभाइरस संक्रमण भएको छ ।

कोरोनाभाइरस संक्रमित एक मानिसका कुकुरलाई पनि कोरोनाभाइरस लागेको पाइएको हो । 

मानिसबाट जनावरमा कोरोना भाइरस संक्रमण भएको यो पहिलो घटना हो । 

‘पोमेरियन’ नामको कुकुर अघिल्लो शुक्रबारदेखि बिरामी भएको थियो । बिरामी भएपछि कुकुरको स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्यकर्मीले कुकुरमा ‘न्युन स्तरको संक्रमण’ देखिएको बताएका छन् । अब संक्रमित कुकुरलाई कृषि, माछापालन र संरक्षण विभागमा थप परीक्षणको लागि क्वारेन्टाइनमा राखिनेछ । 

त्यहाँका स्वास्थ्य मन्त्री सोफिया च्यान–चीले  पत्रकार सम्मेलनमा मानिसबाट कुकुरमा कोरोना भाइरस सरेको बताइन् । 

त्यहाँको स्वास्थ्य मन्त्रालयले घरपालुवा जनावरको सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि कुकुर कोरोनाभाइरसबाट सक्रमित भएको पुष्टि गरेको छ । तर संगठनका अनुसार घर पालुवा कुकुरबाट अरुमा संक्रमण भएको प्रमाण भेटिएको छैन । 


कस्तो लाग्यो ?

यो पनि