जेठ ०६, २०८१, आइतबार
               

साउदी अरब राजपरिवारका ३ सदस्य पक्राउ

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

एजेन्सी । साउदी अरब राजपरिवारका तीन वरिष्ठ सदस्यलाई पैहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वराजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ रहेका छन् ।

तीनै जनालाई शुक्रबार प्रहरीले  पक्राउ गरेको हो । उनीहरूलाई किन गिरफ्तार गरियो भन्नेबारे भने  खुलाइएको छैन । पक्राउ परेका उनीहरूले साउदीको राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताइएको छ ।

जसमा साउदीका राजकुमार मोहम्मद बिन सलमानलाई मन परेको थिएन । आफ्नो यात्रामा बाधक भएको निष्कर्षका साथ राजकुमारले उनीहरूलाई पक्राउ गर्ने आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन् ।

सन् २०१६ मा आफ्ना बाबुले राजकुमारमा नियुक्त गरेयता मोहम्मद बिन सलमानले विरोधीमाथि तह लगाउने नीति अख्तियार गर्दै आएका छन् । तीन राजकुमारलगायत व्यक्ति यसअघि नै उनको यस्तै सोचको शिकार बनिसकेका छन् ।

प्रिन्स सुल्तान बिन तुर्की, प्रिन्स तुर्की बिन बान्दर र प्रिन्स साउद बिन सैफलाई उनले नियन्त्रणमा लिएर बेपत्ता नै बनाएका थिए । सन् २०१७ मा त उनले साउदी राजपरिवारका सदस्यसँगै मन्त्री तथा व्यवसायीहरूलाई रियादको एक होटलमा बन्धक नै बनाएका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि