जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाभाइरसः मृतक र संक्रमितको संख्या बढेको बढ्यै

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ लाखभन्दा बढी पुगेको छ । 

विश्वका ९० भन्दा बढी देशका नागरिकमा कोरोनाभाइरस रोग पत्ता लागेको जनाइएको छ । 

शुक्रबारसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ सय ३६ पुगेको छ भने १ लाख १ हजार ७ सय १० जनामा संक्रमण देखिएको छ ।  

चीनमा कम्तिमा ३,०४२ जनाको मृत्यु भएको छ भने विश्वको अन्य भागमा ३१४ जनाको ज्यान गएको छ, जसमध्ये अधिकांश इटाली र इरानका रहेका छन् ।

पछिल्लो २४ घण्टाभित्र इरानमा कम्तीमा १,२०० नयाँ संक्रमित देखा परेका छन् । इरानको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको रिपोर्टअनुसार थप १२४ जनाको मृत्यु भएको छ । त्यस्तै इटालीमा १ सय ९७ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्रान्समा पनि १५४ जना नयाँ संक्रमित थपिएको बताइएको छ । 

त्यस्तै भारत र दक्षिण कोरिया पनि संक्रमणको संख्यामा वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ । 

यसबाहेक, संयुक्तराज्य अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या १२ पुगेको छ । 

अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम सुरुभएपछि केही राज्यमा आपतकाल घोषणा गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि