जेठ ०५, २०८१, शनिबार
               

अफगानिस्तानको राजधानी काबुलमा समारोहमा अन्धाधुन्ध गोली

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा आयोजित एक समारोहमा अन्धाधुन्ध गोली चलेको छ । 

सभामा अन्धधुन्ध गोली चलाउँदा २७ जनाको मृत्यु भएको छ । काबुलमा अल्पसंख्यक समुदायका नेताको हत्याकको स्मृति सभामा आक्रमण भएको अफगानी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् । 

प्रवक्ताले २७ जनाको शव फेला परेको बताएका छन्  भने अन्य घाइते २९ जनालाई एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल लगिएको छ । उनले मृत्यु हुनेको संख्या अझ बढ्ने सक्ने उनले बताएका छन् । 

अफगानिस्तानका उच्च राजनीतिएक अब्दुल्लाह अब्दुल्लाह उपस्थित समारोहमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । 
तालिबान समूहले भने उक्त आक्रमणको जिम्मा लिन अस्वीकार गरेको बताइएको छ ।

सन् १९९५ मा हजारा समूहका नेता अब्दुल अलि मजारीको हत्या गरिएको थियो । उनको स्मृति सभा आज राजधानी काबुलमा आयोजना गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि