जेठ ०८, २०८१, मंगलबार
               

अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप परीक्षण

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

एजेन्सी । सियाटलका अनुसन्धानकर्ताले कोरोना भाइरसविरुद्धको खोप परीक्षणका लागि स्वास्थ्य स्वयंसेवक भर्ना गर्न सुरु गरेका छन् । 

बायोटेक्नोलोजी कम्पनी मोर्डना थेराप्युटिक्सले नमुना खोप फेब्रुअरी २४ मा मेल्यिान्डको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सिज डिजिजेजलाई पठाएको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ । 

अप्रिल अन्त्यसम्ममा क्लिनिकल ट्रायल सुरु गर्ने तयारी गरेको छ भने केसर परमानेन्ट वासिंग्टन हेल्थ रिसर्च इन्स्टिच्युटले परीक्षण सञ्चालन गर्ने एनआइएआइडीका निर्देशक एन्थोनी फोसीले जानकारी दिए ।

उक्त खोप परीक्षणका लागि १८ देखि ५५ वर्ष उमेरका ४५ जना स्वास्थ्य स्वयंसेवक भर्ना गरिएको छ । 

ती स्वयंसेवकका पाखुरामा २८ दिनको फरकमा दुई वटा खोप लगाइनेछ । 

४५ जनालाई तीन समूहमा विभाजन गरेर सबैलाई फरक–फरक मात्रामा औषधि दिइनेछ ।

खोपले प्रतिरक्षाका लागि प्रतिक्रिया देखाउँछ कि देखाउँदैन अथवा कस्तो असर गर्छ भनेर जाँच गरिने छ ।


कस्तो लाग्यो ?

यो पनि