जेठ ०८, २०८१, मंगलबार
               

कोरोना भाइरसबाट बेलायतमा पहिलो मृत्यु

एजेन्सी
फागुन २३, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक महिलाको मृत्यु भएको छ । 

बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।

कोरोनाभाइरसको संक्रमण देखिएपछि उपचार गराइरहेकी ७० वर्षीया महिलाको मृत्यु भएको बिबिसीले जनाएको छ।

कोरोनाको संक्रमण देखिएपछि ती महिला ग बुधबार अस्पताल भर्ना भएकी थिइन्। 

यसैबीच, बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या एक सय १५ नाघेको छ।

चीनबाट उत्पत्ती भएको कोरोना भाइरस बेलायतमा पनि तीव्र रुपमा फैलिन थालेको बताइएको छ।

पछिल्लो २४ घन्टामा मात्रै बेलायतमा कोरोना भाइरसबाट ३० जना संक्रमित भएका छन्।

कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म विश्वमा ३२ सयभन्दा बढीको ज्यान गइसकेको छ। 

९२ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित छन्।


कस्तो लाग्यो ?

यो पनि