जेठ ०८, २०८१, मंगलबार
               

कोरोना नियन्त्रणको लागि १० देशका यस्ता निर्णय
कतै सिक पे, कतै किस प्रतिवन्ध

एजेन्सी
फागुन २३, २०७६

ADVERTISEMENT

एजेन्सी । अहिले विश्वभर कोरोना भाइरसको त्रास छ । कतिपय देशमा यसले महामारीको रुप लिइरहेको छ । 

चीनको वुहान शहरबाट उत्पत्ति भएको कोरोना भाइरस विश्वका ८० भन्दा बढी देशमा फैलिसकेको छ ।

यस भाइरसबाट अहिलेसम्म ३२ सय भन्दा बढी मानिसको ज्यान गइसकेको छ । ९५ हजारभन्दा बढी व्यक्ति यो भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसबाट बच्न विभिन्न देशहरुले आ–आफ्नै किसिमबाट विभिन्न उपाय अबलम्बन गरेका छन् । अधिकांश देशमा यस भाइरसबाट जोगिन जागरुकत अभियान सुरु भएका छन् ।

चीन

सोशल मिडियामा आएका कोरोनाभाइरससँग सम्बन्धित म्यासेज तथा भिडियोको निगरानी गरिरहेको छ । गलत म्यासेज र भिडियोमाथि चीन सरकारले सेन्सर गर्ने गरेको छ । वास्तविक तथ्य पत्ता लगाउने योजनामा चीन सरकार छ । कोरोनाभाइरससँग सम्बन्धि गलत हल्ला तथा अफवाह फैलाउनेलाई कारबाही गर्नेछ ।

चीन सरकारले कोरोनाभाइरसविरुद्ध लड्न दक्षिण कोरिया, कम्बोडिया, इराक, श्रीलंका लगायतका देशलाई आर्थिक सहायता गर्ने घोषणा गरेको छ ।

देशको ठूलो मेला लुनर फेस्टिभल स्थगित गरिएको छ । राष्ट्रपति सि जिनपिङले आफ्नो जापान यात्रा रद्द गरेका छन् । 

इटली

इटलीका स्कुल, कलेज तथा युनिभर्सिटी मार्च १५ सम्मको लागि बन्द गरिएका छन् ।

अप्रिल ३ सम्म देशमा आयोजना हुने सबै खेल प्रतियोगिता अवलोकनको लागि दर्शकलाई रंगशालामा जान रोक लगाइएको छ ।

सार्वजनिक ठाउँमा किस गर्न पनि प्रतिवन्ध लगाउने बारे छलफल भइरहेको छ । 

ब्रिटेन

कार्यालयमा काम गर्न नआउने कर्मचारीलाई ब्रिटेन सरकारले बिमारी भत्ता दिने निर्णय गरेको छ । प्रधानमन्त्रीका अनुसार, यस्ता कर्मचारी जो कोरोनाको डर (आशंका) मा केही दिन कार्यालय नआउने घोषणा गर्छन्, उनीहरुलाई सिक पे (बिमारी भत्ता) दिइनेछ ।

ब्रिटिश संसद हाउस अफ लर्ड्स एक महिनाको लागि बन्द गर्ने विषयमा छलफल भइरहेको छ ।

स्कुल बन्द गरेर अनलाइन क्लास सुरु गर्ने विषयमा पनि छलफल भइरहेको छ । सार्वजनिक ठाउँमा किस गर्न प्रतिवन्ध लगाएको छ ।

इरान  

इरानले कोरोनाभाइरसको जानकारी (अपडेट) दिनका लागि नयाँ वेबसाइट सञ्चालन गरको छ । एक नयाँ अस्पताल समेत खोलेको छ ।

शुक्रबार प्रमुख शहरमा हुने नमाज कार्यक्रम स्थगित गरेको छ ।

जेलमा रहेका ५४ हजार कैदीबन्दीलाई केही दिनको लागि रिहा गरेको छ ।

अमेरिका

अमेरिकामा जेम्स बन्डको फिल्म (नो टाइम टु डाई) को रिलिज डेट ८ महिनापछि सारिएको छ । 

न्यूयोर्कमा १५ लाख मास्क वितरण गरिएको छ । कोरोना संक्रमित बिरामीका लागि छुट्टै अस्पतालको व्यवस्था गरिएको छ । क्यालिफोर्नियामा स्वास्थ्य आपतकालको घोषणा गरिएको छ ।

अमेजन लगायत केही कम्पनीहरुले कर्मचारीलाई आ आफ्नो घरबाटै काम गर्न आग्रह गरेको छ ।

वासिङटनको एक जिल्लामा सबै स्कुल बन्द गरिएको छ ।

जापान 

जापान सरकारले  टोकियो ओलम्पिकको मिति सार्ने विषमा छलफल गरिरहेको छ । यस विषयमा जापान सरकार र  ओलम्पिक कमेटीबीच कुराकानी भइरहेको छ ।

फ्रान्स 

फ्रान्स सरकारले विभिन्न खेल प्रतियोगिताहरु रघ गरिदिएको छ । स्कुलहरु बन्द गरिएका छन् ।

अस्ट्रेलिया 

अस्ट्रेलिया  सिड्नीमा आइसोलेशन सेन्टर निर्माण गरिएको छ । स्कुल कलेजहरु बन्द गर्ने विषयमा त्यहाँको सरकारले छलफल गरिरहेको छ ।

इजरायल 

इजरायलमा आउने–जाने फ्लाइटमाथि रोक लगाइएको छ । उडान रोक लगाइएको देशमा फ्रान्स, जर्मनी, स्विट्जरल्याण्ड, स्पेन, अष्ट्रिया लगायतका देश छन् ।

हङकङ 

हङकङ सरकारले घरपालुवा जनावरको उचित रेखदेख गर्न र घरपालुवा जनावरलाई किस नगर्न आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि