असोज ०५, २०८१, शनिबार
               

काेराेना कहर : २४ घण्टाभित्र ५ सय ९१ जना नयाँ संक्रमित

नेपाल फ्ल्यास
फागुन २२, २०७६

सांकेतिक फोटो
ADVERTISEMENT

इरानमा बिहीवारमात्रै कोरोना भाइरसको संक्रमणबाट १५ जनाको ज्यान गएको छ । २४ घण्टाभित्र ५ सय ९१ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै इरानमा अहिलेसम्म १ सय ७ को मृत्यु भएको छ भने ३ हजार ५ सय १३ मा संक्रमण देखिएको छ । 

बिहीवारसम्म २३ हजार ३ सय २७ जनाको परीक्षण गरिएकोमा ३ हजार ५ सय १३ मा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले बताएका छन् । 

इरानका कोम, तेहरान, जिलान र एस्फाहन क्षेत्र बढी प्रभावित छन् । इरान सरकारले अप्रिलसम्म विद्यालय तथा विश्वविद्यालय सबै बन्द गर्ने 
निर्णय गरेको छ । इरानीहरुको नयाँ वर्ष नवरुजसम्म विद्यालय बन्द हुने भएको छ । स्वास्थ्यमन्त्रीले सर्वसाधारणलाई नोटहरुको प्रयोग पनि कम गर्न आग्रह गरेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि