जेठ ०५, २०८१, शनिबार
               

जाजरकोटको भेरी नगरपालिकामा पहिलोपटक गर्भवती भिडियो एक्सरे

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

जाजरकोटको भेरी नगरपालिकाका गर्भवती महिलाले  पहिलोपटक भिडियो एक्सरे गरेको बताएका छन् । 

भेरी नगरपालिकाले स्वास्थ्य संस्था आउन नसक्ने गर्भवती महिलालाई  गर्भजाँच गर्न निशुल्क भिडियो एक्सरे सेवा सुरु गरेसँगै भिडियो एक्सरे गरेका गर्भवती महिलाले पहिलोपटक भिडियो एक्सरे गरेको  बताएका हुन् । 

‘पहिलो पटक जाँच नगरी छोरीलाई जन्म दिए अहिले नगरपालिकाले भिडियो एक्सरे गदै छ भन्ने सुनेर भिडियो एक्सरे गर्न आएकी हुँ,’ भिडियो एक्सरे गरेपछि तुली विक भनिन्, ‘यो वर्षदेखि नियमित गर्भजाँच देखि भिडियो एक्सरे सम्म गर्न पाइयो खुसी छु ।’

नगरपालिकाले अहिले १४ वटै वडाहरुमा गर्भवतीहरुको स्वास्थ्य परीक्षणका साथै भिडियो एक्सरे सेवा गर्दै आएको छ । सुरक्षित मातृत्व कायम गरि नवजात शिशुको मृत्युदर घटाउन यो अभियान चालिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । 

घर्तीले पैसाको अभावमा कोही गर्भवती महिलाको स्वास्थ्य जाँच गर्न समस्य नहोस भनी यस्ता खालका कार्यक्रम गरिएको बताए । घर्तीले आर्थिक रुपमा सवल भएका परिवारले मात्र भिडियो एक्सरेको गर्ने गरेको, निम्नवर्गमा यस खालको सेवा पुग्न नसकेको बताए । त्यही भएर आफूले वडावडामा गर्भवती एक्सरे सेवा सुरु गरेको बताए ।   


कस्तो लाग्यो ?

यो पनि