काठमाडौं । अन्तर्राट्रिय मुद्रा कोषले कोभिड १९ (कोरोना) भाइरसविरुद्ध लड्न लड्न ५० अर्ब अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब ५८ खर्ब आर्थिक सहायता घोषणा गरेको छ ।
प्रभावित मुलुकहरुलाई कोरोनाविरुद्ध लड्न भन्दै आइएमएफले यो आर्थिक सहायताको घोषणा गरेको हो । कोरोना उद्गमस्थल चीनलगायत विश्वका ७०भन्दा बढी देशमा फैलिसकेकेको छ ।
सरुवा रोगसँग लड्न नसक्ने र कमजोर स्वास्थ्य प्रणाली भएका गरीब र मध्यम आय भएका मुलुकहरुले यो सहायता पाउने बताइएको छ ।
कोरोना भाइरसविरुद्ध लड्न विश्वव्यापी आर्थिक अंगले प्रदान गरेको यो पछिल्लो सबैभन्दा ठूलो सहायता हो ।