जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाभाइरसबाट अमेरिकामा ११ जनाको मृत्यु

एजेन्सी
फागुन २२, २०७६

ADVERTISEMENT

एजेन्सी । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बुधबार थप दुई जनाको ज्यान गएसँगै अमेरिकामा कोरोना भााइरसबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको हो ।

अमेरिकामा बुधबार मात्रै थप ३४ जनामा कोरोनाको संक्रमण देखा परेको छ । 

योसँगै कोरोनाको संक्रमण हुनेको संख्या एक सय ५८ पुगेको छ । आठ जना विरामी जटिल अवस्थामा छन् भने नौ जना पूर्ण रुपमा ठिक भएका छन् ।

कोरोनाका कारण विश्वभरि अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ३२०० नाघिसकेको छ । ९५ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

चीनको हुवाइबाट फैलिएको यो भाइरस अहिले ८० भन्दा बढी देशमा फैलिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि