जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना आतंकः २३ सांसद संक्रमित, तीन लाख सैनिक परिचालन

एजेन्सी
फागुन २१, २०७६

ADVERTISEMENT

एजेन्सी । इरानमा २३ जना सांसदमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । त्यहाँका उपसभामुख एब्डोलरेजा मेस्रीले यसको पुष्टि गरेका हुन् ।

उक्त संसदमा जम्मा २९० सदस्य छन् । उनीहरु आफ्ना निर्वाचन क्षेत्रसँग बढी सम्पर्कमा रहेका कारण संक्रमित भएको हुन सक्ने बिबिसी पर्सियनले उल्लेख गरेको छ । 

अहिलेसम्म इरानमा ७७ जनाको मृत्यु भएको र दुई हजार तीन सय ३६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भाइरसको संक्रमणबाट बच्न इरानी सरकारले भीडभाडमा नजान र सरसफाइमा ध्यान दिन नागरिकलाई आग्रह गरेको छ र यसका लागि तीन लाख सैनिक परिचालन गर्ने तयारी गरेको छ । 

इरान महिला र पारिवारिक मामिलाकी उपाध्याक्ष मसुमेह एब्टेकर, पूर्व कानुनमन्त्री मोस्तफा पौरमोहम्मदी, उपस्वास्थ्यमन्त्री इरज हरिर्ची, मेयर मोर्तेजा रहमान्जदेहलगायत वरिष्ठ अधिकारीमा पनि संक्रमण भएको पुष्टि भएको छ ।

यसअघि कोरोना संक्रमणबाटै इरानमा पूर्वराजदूत सैयद हादी खोसरोसाही, फुटबल खेलाडी एल्हाम सेखी, नवनिर्वाचित सांसद मोहम्मद अलि रमाजानी, प्रमुख न्यायाधीशका सल्लाहाकार अहमद त्योस्रकानीको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि