जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाभाइरसः नेपालबाट स्पेन फर्किएका एक व्यक्तिको मृत्यु

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल भ्रमण गरेर आफ्नो देश फर्किएका एक व्यक्तिको स्पेनमा मृत्यु भएको छ । फेब्रुअरी १३ मा उनको मृत्यु भएको हो । 

भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरस संक्रमणको कारण नै मृत्यु भएको पुष्टि गरेका छन् ।

डेली मेलका अनुसार ती व्यक्ति नेपाल भ्रमण गरेर फर्किएपछि बिरामी भएका थिए र उनी अस्पताल भर्ना भएका थिए । 

अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । यसअघि उनको मृत्युको कारण खुलाइएको थिएन । 

कोरोना संक्रमणबाट स्पेनमा पहिलो व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।

नेपालमै हुँदा उनलाई कोरोना भाइरस संक्रमण भएको थियो अथवा अन्य ठाउँबाट संक्रमण भएको थियो भन्ने बारेमा भने समाचारमा केही खुलाइएको छैन ।

यसैबीच, भ्यालेन्सियामा कोरोना भाइरसबाट संक्रमितको संख्या १९ पुगेको छ ।

स्पेनमा मात्र १ सय ६५ जनामा कोरोना भाइरस संक्रमण भएको बताइएको छ । जसमध्ये ४६ जना मड्रिडका हुन् । सातजना बिरामी इन्टेन्सिभ केयर युनिटमा भर्ना छन् ।


कस्तो लाग्यो ?

यो पनि