मंसिर ०७, २०८१, शुक्रबार
               

क्यामरुनमा पृथकतावादीहरु मारिए

रासस
फागुन २०, २०७६

ADVERTISEMENT

अफ्रिकी मुलुक क्यामरूनको पश्चिमी अङ्ग्रेजी भाषी क्षेत्रमा दश जना पृथकतावादी आतंकवादीहरु मारिएको क्यामरुन सरकारले जनाएको छ । सैनिक कारबाहीमा ती आङ्कवादीहरु मारिएको बताए पनि केही अनलाइनले मारिने व्यक्तिहरु सर्वसाधारण रहेको बताएका छन् । 

बहुसंख्यक फ्रान्सेली भाषी क्यामरुनका दुई अङ्ग्रेजी भाषी प्रान्तहरुमा सशस्त्र पृथकतावादी आन्दोलन सन् २०१७ देखि जारी छ । 

सञ्चार मन्त्री रेनी इमानुएल साडीले सोमबार जारी गर्नु भएको विज्ञप्तिमा “जनरल फायरम्यान” भनेर चिनिने पृथकतावादी कमान्डर पनि मारिएको उल्लेख छ । 

सप्ताहान्तदेखि अनलाइन मिडिया र सामाजिक सञ्जालमा सैनिक कारबाहीमा स्थानीय महिला र बालबालिकासहित १० जना निहत्था सर्वसाधारणको मृत्यु भएको बताएका छन् । 

सरकारले भने अनलाइनले झुटा समाचार प्रशारित गरेको बताउँदै सेनामाथि लगाइएका आरोपहरु “पूर्ण निराधार, यथार्थको विपरीत“ रहेको जनाएको छ । 

दुई पक्षबीचको लडाइँ र प्रतिशोधपूर्वक नागरिकहरूमाथिको हमलाले तीन वर्षे द्वन्द्वका क्रममा दुई पश्चिमी क्षेत्रमा ३,००० भन्दा बढीको मृत्यु भइसकेको छ । 

ह्युमन राइट्स वाचले पनि क्यामरूनको सेनाले उत्तर पश्चिम क्षेत्रको दुर्गम क्षेत्रमा फेब्रुअरी १४ मा कम्तिमा २१ जना सर्वसाधारणको हत्या गरेको आरोप लगाएको छ । सेनाले उक्त आरोपलाई अस्वीकार गरेको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि