जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाभाइरसः सर्वोच्च नेताका सल्लाहकारको मृत्यु

एजेन्सी
फागुन २०, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोनाभाइरस संक्रमणबाट इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका एक सल्लाहकारको मृत्यु भएको छ ।

खामेनेइका ७१ वर्षीय सल्लाहकार मोहम्मद मिरमोहमम्द्दीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मिरमोहमम्द्दी सर्वोच्च नेता खामेनेइलाई सल्लाह दिने एक आयोगका सदस्य थिए ।

यसअघि, बिहीबार देशका प्रमुख धर्मगुरुमध्येका एक  हादी खोस्रोसाहीको कोरोनाभाइरस संक्रमणकै कारण मृत्यु भएको थियो ।

यसैबीच त्यहाँका उपराष्ट्रपति मोसुमेह इब्तेकार र कोरोनाभाइरसविरुद्ध गठन गरिएको सरकारी टास्कफोर्सको नेतृत्व गरिरहेका उपस्वास्थ्यमन्त्री इराज हारिर्ची पनि कोरोनाभाइरसबाट संक्रमित बनेका छन् ।

इरानमा कोरोनाभाइरसको संक्रमणबाट ६६ जनाले ज्यान गुमाइसकेका छन् । १५ सयभन्दा बढी संक्रमित छन् ।


कस्तो लाग्यो ?

यो पनि