जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाभाइरसः अमेरिकामा थप चारको मृत्यु

एजेन्सी
फागुन २०, २०७६

ADVERTISEMENT

एजेन्सी । अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो ।

कोरोना भाइरस संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपतकालको घोषणा गरेको छ ।

ज्यना गुमाउनेमध्ये पाँच जना किङ्ग काउन्टीका हुन् । सो क्षेत्रमा हालसम्म १८ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

विज्ञहरुले भाइरस फैलिरहेको हुनसक्ने र यसबाट १५ सयभन्दा बढी प्रभावित भइसकेको अनुमान गरेका छन् ।

एक स्वास्थ्य अधिकारीका अनुसार अहिले वासिङ्टनका काउन्टी किङ र स्नोहोमिसमा कोरोना भाइरसको संक्रमण ‘सक्रिय’ रुपमा फैलिरहेको देखिएको छ । 

चीनबाट फैलिएको कोरोना भाइरस संसारका ६० भन्दा बढी देशमा फैलिसकेको छ । यसबाट तीन हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने, हजारौं व्यक्ति प्रभावित भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि