जेठ ०६, २०८१, आइतबार
               

दक्षिण कोरियामा ४२ सयभन्दा बढीमा कोरोना संक्रमण, २२ को मृत्यु

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

३१ डिसेम्बर २०१९ बाट चीनमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को आतंकले अहिले दक्षिण कोरियामा सन्त्रास फैलाइरहेको छ । कोरियामा जनवरी २० मा पहिलोपटक कोभिड–१९ देखा परेको थियो । चीनको वुहानबाट आएको ३० वर्षीया एक चिनियाँ महिलालाई उक्त भाइरस लागेको प्रमाणित भएको थियो । त्यसयता करिब एक महिनासम्म संक्रमितको संख्या खासै बढेको थिएन ।

तर फेबु्रअरीदेखि निकै रफ्तारमा यसको संक्रमण फैलिरहेको छ भने मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र कोरिया (केडिसिडि)को पछिल्लो जानकारीअनुसार हालसम्म मृत्यु हुनेको संख्या २२ पुगेको छ भने ४२ सय २२ जनामा संक्रमण फेला परेको छ । यस हिसाबले संक्रमितको संख्या ४ सय ७६ ले बढेको हो । आइतबार  मात्र ८ सय २ जनामा संक्रमण बढेको थियो ।

पछिल्लो जानकारीअनुसार कोरियामा धेरै संक्रमण फैलाउने सहरको रूपमा चिनिएको थेगु सहरमा संक्रमणको संख्या मात्रै आज तीन सय ७७ ले बढेर ३२ सय ९२ पुगेको छ । त्यस्तै, ख्याङ्बोकमा ६७ थपेर ५ सय ८१, राजधानी सउलमा ८१ जना, बुसानमा ८८ जना, ख्यङ्गीदोमा ८४, ख्याङ्नाममा ६२, छुङ्नाममा ७८, उल्सानमा २०, थेजनमा १३, ख्वाङ्जुमा ९, खाङवनदोमा ७, इन्छनमा ६, छेन्बोकमा ५, छेङ्नाममा ३, छेजुदोमा २ जना संक्रमित पुगेको छ ।

अहिलेसम्मको तथ्याङ्कअनुसार सबैभन्दा बढी सिन्चोन्जी चर्चसँग सम्बन्धित संक्रमित रहेको छ । जुन ५९.९ प्रतिशत रहेको छ । त्यस्तै, छेङ्दो देनाम अस्पतालसँग सम्बन्धित ३‍।४ प्रतिशत, आयातीत तथा त्यससंग सम्बन्धित ०.९ प्रतिशात र अन्य कारणले भएको संक्रमितको संख्या ३५.८ प्रतिशत रहेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि