जेठ ०६, २०८१, आइतबार
               

अफगान शान्तिवार्ता : तालिवानी बन्दी रिहा गर्ने शर्त सरकारलाई अमान्य

रासस
फागुन १८, २०७६

अफगानिस्तानका राष्ट्रपति असरफ घानी
ADVERTISEMENT

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले अमेरिका–तालिबानबीच सम्पन्न नयाँ सम्झौताअन्तर्गत हजारौं तालिबानी विद्रोही बन्दीहरुलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको बताएका छन् । शनिबार कतारको दोहामा अमेरिका र तालिबानबीच शान्तिवार्ता भएको थियो । 

वार्ताको एक साताअघि अफगानिस्तानमा 'आंशिक युद्दविराम' गर्न सबैपक्ष तयार भएका थिए । राष्ट्रपति घानीले 'आंशिक युद्दविराम' भने जारी नै रहने बताएका छन् । 

सम्झौतामा अमेरिकीसहित सबै विदेशी सेना १४ महिनाभित्र स्वदेश फर्किने उल्लेख छ । यसको बदलामा तालिवानले धेरै प्रतिवद्धता व्यक्त गरेको छ । उसले थप विस्तृत शान्ति सम्झौताका लागि अफगान सरकारसँग वार्ता गर्नेछ ।

“पूर्ण युद्धविरामको अवस्था सिर्जना गर्न हिंसामा कमी आउनु पर्नेछ,” काबुलमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति घानी भने । अफगानिस्तानमा तैनाथ विदेशी सेनाका संयोजक अमेरिकी कमाण्डरतर्फ संकेत गर्दै घानीले भने, “जनरल स्कट मिलरले तालिवानलाई यही गर्न सल्लाह दिनु भएको छ । \

यो अवस्थाले निरन्तरता पाउने अपेक्षा गरिएको छ,” शान्तिको मार्गमा गतिरोध ल्याउन सक्ने एउटा बुँदातर्फ अफगान सरकारको ध्यानाकर्षण भएको उनले बताए ।

सम्झौताको एउटा धारामा तालिबानले बन्धक बनाएका १ हजार सरकारी सैनिक र सरकारी कारागारमा थुनिएका करिब ५ हजार तालिबानी लडाकूलाई रिहा गरिने उल्लेख छ । “पाँच हजार तालिबानी बन्दीलाई रिहा गर्ने प्रतिबद्धतामा अहिल्यै सहमत हुन सकिन्न,” घानीले भने, “यो अफगानिस्तानका जनताको अधिकार र आत्मनिर्णय हो ।

यस विषयलाई अन्तर–अफगान वार्ताको समयमा एक एजेन्डा बनाउनु पर्ने थियो र वार्तामा यसलाई पूर्व शर्तका रुपमा लिन सकिन्न ।” उनले कुनै पनि बन्दी रिहाई गर्ने कुरा अमेरिकी अधिकारको विषय नभएको बताए । 'यो अफगान सरकारको अधिकार क्षेत्रभित्रको कुरा हो,” उनले भने । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि