जेठ ०६, २०८१, आइतबार
               

४५ दिने शिशुलाई कोरोना

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

 एजेन्सी । दक्षिण कोरियामा एक शिशुलाई कोरोनाको संक्रमण देखिएको छ । ४५ दिने उक्त शिशुलाई पनि कोरोनाको संक्रमण देखिएपछि दक्षिण काेरियामा बच्चा भएका बाबुआमा ठूलो त्रासमा छन् ।

 यसअघि, उक्त बच्चाको बुबालाई पनि संक्रमण देखिएको थियो । बुवालाई कोरोनाको संक्रमण देखिएपछि आमा र बच्चालाई घरैमा क्वारेन्टाइनमा राखिएको थियो ।

कोरोना भाइरस संक्रमणबाट बिरामी हुनेको संख्या ३५ सय पुगेको छ । शनिबार तीन सय ७६ जना नयाँ मानिसमा संक्रमण देखिएको छ भने थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या १७ पुगेको छ । 

राजधानी सिओल र बुसानमा पनि संक्रमण देखिएको छ । दक्षिण कोरियामा जनवरी २० मा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो ।  


कस्तो लाग्यो ?

यो पनि