जेठ ०२, २०८१, बुधबार
               

अमेरिकामा पहिलोपटक कोरोनाभाइरसका कारण एकको मृत्यु

एजेन्सी
फागुन १८, २०७६

ADVERTISEMENT

एजेन्सी । अमेरिकामा कोरोनाभाइरस संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । 

कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा कसैले ज्यान गुमाएको यो पहिलो घटना हो ।

करिब ५० वर्षीय व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । उनले यसअघि कोरोनाप्रभावित क्षेत्रको यात्रा नगरेको बताएका थिए । 

यसअघि, क्यालिफोर्निया, ओरेगनमा पनि कोरानाप्रभावित क्षेत्रमा यात्रा नगरेका र त्यस्ता क्षेत्रको यात्रा गरेर आएकाहरुसँग सम्पर्क नरहेकामा पनि यस भाइरसको संक्रमण देखिएको भन्दै स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका थिए ।

भाइरसको संक्रमण फैलन नदिन वासिङ्टनका गर्भनर जे इन्सलेले राज्यमा संकटकाल घोषणा गरेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कोरोनाभाइरसका संक्रमणका थप बिरामीहरु देखापर्ने सम्भावना रहेको भए पनि यसका लागि अमेरिका तयार रहेको बताएका छन् ।

अमेरिकाले इरान यात्रामा थप कडाइ गर्ने उल्लेख गर्दै अमेरिकीहरुलाई इटाली र दक्षिण कोरियालगायत कोरोनाभइरस प्रभावित क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ ।

चीनबाट फैलिएको कोरोना भाइरस हालसम्म ५७ देशहरुमा फैलिसकेको छ । ८५ हजारभन्दा बढी व्यक्ति यस भाइरसबाट संक्रमित छन् ।

त्यस्तै तीन हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेमा सबैभन्दा धेरै चीनका नागरिक रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि