जेठ ०२, २०८१, बुधबार
               

कोरोनाका बिरामीको गोली हानी हत्या !

नेपाल फ्ल्यास
फागुन १६, २०७६

ADVERTISEMENT

चीनको छिमेकी मुलुक उत्तर कोरियामा कोरोना भाइरसबाट स‌ंक्रमितलाई गोली हानी हत्या गरिएकाे छ । 

उत्तर कोरियाली अधिकारीहरुले अहिलेसम्म कुनै पनि संक्रमित नभेटिएको दावी गरे पनि केही सञ्चारमाध्यमले चीन निकट विज्ञको हवाला दिँदै उत्तर कोरियामा एक संक्रमित भेटिएको बताएका छन् ।

तर तिनलाई गोली हानी हत्या गरेको बताइएको छ । उत्तर कोरियाली अधिकारीहरुले भने एक सय ४१ जनामा संक्रमण परीक्षण गरेको तर कसैमा पनि संक्रमण नभेटिएको बताउँदै आएका छन् ।

उत्तर कोरियाले पछिल्लो समय चीनसँगको सीमा बन्द गर्नुका साथै उच्च सतर्कता अपनाएको छ । केही दक्षिण कोरियाली मिडियाले चीनसँग जोडिएका उत्तर कोरियाली सहरमा संक्रमित भेटिएको जनाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि