जेठ ०४, २०८१, शुक्रबार
               

दर्दनाक दिल्ली (फोटोफिचर)

एजेन्सी
फागुन १४, २०७६

ADVERTISEMENT

एजेन्सी । दिल्लीमा भएको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ । हिंसामा मृत्यु हुनेको संख्या २० भन्दा बढी पुगेको छ ।

बुधबार (आज) बिहान दिल्लीको गोकुलपुरी इलाकामा हिंसक प्रदर्शन भएको थियो । त्यसक्रममा एक समूहले एउटा पसलमा आगो लगाइदिएका छन् ।

पछिल्ला केही दिनदेखि जारी विरोध प्रदर्शन झन् उग्र बन्दै गइरहेको छ । प्रदर्शन तत्काल रोकिने संकेत छैन । 

हिंसात्मक झडपमा परी दुई सयभन्दा बढी घाइते भएका छन् । बुधबार विहान चाँद बागमा हत्या गरेर नालीमा फालिएका दुई युवकमध्ये एकको शव भेटिएको छ भने अर्का एकको खोजी कार्य जारी छ ।

हिंसाले उग्र रुप लिएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले स्थिति गम्भीर भएको प्रतिक्रिया दिएका छन् । 

दिल्ली प्रहरीले पूरै प्रयास गर्दा पनि स्थिति नियन्त्रणमा लिन नसकेको भन्दै केजरीवालले स्थिति नियन्त्रणमा लिनका लागि सेना बोलाउनु पर्ने माग गरेका छन् ।

उनले प्रभावित क्षेत्रमा कर्फ्यू लगाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

उत्तर पूर्वी दिल्लीका मौजपुर, जफरावाद, भजनपुरा, कबीरनगर, सीलमपुरमा बुधका स्थिति तनावपूर्ण रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि