जेठ ०५, २०८१, शनिबार
               

इटलीबाट फैलियो युरोपमा कोरोनाको महामारी

नेपाल फ्ल्यास
फागुन १४, २०७६

ADVERTISEMENT

धेरै युरोपेली देशहरुले अहिले कोरोना भाइरस देखिएको घोषणा गरेका छन्, भाइरस इटली हुँदै फैलिएको उनीहरुले बताएका छन् । 

अस्ट्रिया, क्रोयशिया र स्विचरल्यान्डका अनुसार इटली घुमेर आएका व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो । अल्जेरिया र अफ्रिकामा पनि यस्तै देखिएको थियो ।  

ल्याटिन अमेरिकी देश ब्राजिलका एक नागरिक इटलीबाट फर्किएलगत्तै उनमा पनि कोरोनाको संक्रमण देखिएको थियो । 

इटलीमा कोरोनाको प्रभाव युरोपमै सबैभन्दा खराब देखिएको छ । यहाँ ३ सयभन्दा बढीमा कोरोना देखिएको छ भने ११ जनाले ज्यान गुमाइसकेका छन् । तर इटलीका छिमेकी देशहरुले अहिल्यै सीमा बन्द गर्नु जायज नहुने प्रतिक्रिया दिएका छन् । 

फ्रान्स, जर्मनी, इटली र इयु कमिसनका स्वास्थ्य मन्त्रीहरुबीचको मंगलबारको बैठकमा सीमा खुला राख्ने सहमति भएको छ । ‘हामी त्यस्तो भाइरसबारे कुरा गर्दैछौं, जसले सीमाको ख्याल गर्दैन,’ इटलियन स्वास्थ्य मन्त्री रोबर्टो स्पेरान्जाले भनेका छन् ।

सीमा बन्द गर्दैमा भाइरसको न्युनीकरण नहुने भएकाले लागि सीमा खुला नै राख्ने सहमति जुटेको हो । 

कहाँ–कहाँ देखियो ?

चीन, दक्षिण कोरिया, इरानलगायत एशियाली देशमा कोरोनाले महामारीको रुपमा लिइसकेको छ । स्विजरल्यान्ड,क्रोयशिया, स्पेन, जर्मनी, फ्रान्सलगायत युरोपेली देशमा पनि यसको संक्रमण फैलिसकेको छ ।

बुधबार प्रकाशित पछिल्लो आँकडाअनुसार कोरोनाको महामारी फैलिएयता विश्वभर ७८ हजार ६४ जनामा यसको संक्रमण देखिइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि