जेठ ०६, २०८१, आइतबार
               

भारत नागरिकता कानुनबारे भएको झडपमा कम्तीमा १० जनाको मृत्यु

रासस
फागुन १३, २०७६

ADVERTISEMENT

भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा भएको झडपमा परी १० जनाको मृत्यु भएको छ ।

नागरिकतासम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाहरुका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सोमबार राजधानीका धेरै ठाउँमा प्रदर्शन र झडपका घटना भएका छन् । दिल्ली प्रहरीले घटनामा परी अहिलेसम्म १० जनाको मृत्यु भएको र त्यसमध्ये एक जना प्रहरी र अरु सर्वसाधारण नागरिक रहेको बताइएको छ । 

केन्द्रीय गृहमन्त्री अमित शाहले झडपको घटना भएपछि सोमबार राति सुरक्षा उच्च अधिकारीहरुसँग छलफल गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद नयाँ नागरिकता कानुनको विषयलाई लिएर विरोध प्रदर्शन भएको हो । 

उत्तरपूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य क्षेत्रहरूमा आइतबारदेखि प्रदर्शन र हिंसा सुरु भएको समाचारमा जनाइएको छ । प्रदर्शन मंगलबार पनि जारी छ । 

ढुंगामुढा गरिरहेको भिडलाई पन्छाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज पनि गरेको थियो ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि