जेठ ०८, २०८१, मंगलबार
               

विश्वभर फैलदै कोरोनाभाइरसः जापानको क्रुजमा १२ भारतीय संक्रमित

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

एजेन्सी । जापानस्थित भारतीय दूतावासले आइतबार दिएको जानकारी अनुसार, डायमन्ड प्रिन्सेज क्रुजमा थप चार भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

उक्त क्रुजमा अहिलेसम्म १२ जना भातरीय नागरिक कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

उता, दक्षिण कोरियामा महामारीको रुपमा फैलदै गरेको कोरोना भाइरस नियन्त्रण गर्न त्यहाँको सरकारले रेड अलर्ट जारी गरेको छ । कोरियामा अहिलेसम्म यस भाइरसबाट पाँच जनाको मृत्यु भइसेको छ । ६ सय भन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

यसैबीच, चीनमा अहिलेसम्म दुई हजार चार सय ४२ मानिसको ज्यान गइसकेको छ । करिब ७७ हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

मुम्बइको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा मलेशिया, इन्डोनेशिया, भियतनाम र नेपालबाट आउने यात्रुको स्क्रिनिङ टेस्ट गर्न सुरु गरिएको छ ।

यसअघि चीन, हङकङ, सिंगापुर, थाइल्यान्ड, जापान र दक्षिण कोरियाबाट आउने यात्रुको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको थियो । 

इटलीमा कोरोननाभाइरसबाट दुई जनाको मृत्यु भएको छ । भाइरसबाट एक सय भन्दा बढी मानिस प्रभावित भएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि