जेठ ०५, २०८१, शनिबार
               

काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

रासस
फागुन ११, २०७६

ADVERTISEMENT

नयाँ दिल्ली,  भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । 

भिरबाट खोंचमा झरेको यात्रुबाहक बसमा सवार अरू पाँचजना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । 

काश्मिरको कथौ जिल्लाको माल्हार क्षेत्रमा शनिबार बेलुका उक्त दुर्घटना भएको हो । घाइते तथा मृत्यु भएका मध्ये केही महिला र बालबालिका रहेका छन् ।

दुर्घटना भएको सवारी साधनमा १४ जना यात्रु रहेका थिए भने सवारी साधन तिव्र गतिमा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको बताइएको छ ।  

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि