बैशाख २४, २०८१, सोमबार
               

कोरोना सङ्क्रमितका लागि वुहानमा चार हजार शय्याको अस्पताल तयार

नेपाल फ्ल्यास
फागुन १०, २०७६

ADVERTISEMENT

चीनको कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शैयाको अस्पताल बनाइएको छ । त्यहाँ सङ्क्रमितहरूलाई सेवा दिन लागिएको चीनले जनाएको छ । कुल तीन हजार ६ सय ९० सीट क्षमताको अस्पतालको निर्माण पूरा भएर बिहीबार परीक्षण भैसकेको निर्माणमा संलग्न एक कम्पनीले बताएको छ । अस्पताल ५४ हजार वर्ग किलोमिटरमा फैलिएको छ ।

कम्पनीका प्रमुख लि यिछानले कारखानालाई अस्पतालको स्वरूप दिँदा अस्पताललाई वातानुकूलित बनाइएको छ । अस्पतालमा नुहाउने कोठाहरू र मोबाइल शौचालय, पुस्तकालय, मनोरञ्जन क्षेत्र र बिरामीहरूका लागि खाजाघर राखिएका छन् ।

कोरोनाभाइरसको प्रकोपबीचमा शय्याको अभावपछि वुहानले जिम, सम्मेलन केन्द्र वा प्रदर्शनी केन्द्रहरूलाई १२ वटा अस्थायी अस्पतालमा रूपान्तरण गरिसकेका छ । 


कस्तो लाग्यो ?

यो पनि