बैशाख २४, २०८१, सोमबार
               

भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

रासस
फागुन ०८, २०७६

ADVERTISEMENT

काठमाडौं । तीर्थयात्राका लागि भारत पुगेका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस सलेम बेंगलोर नेसनल हाइवेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ ।

घटनामा १८ जना घाइते भएका छन्  । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बेंगलोरतर्फ जाँदै गरेका उनीहररू विश्रामका लागि एउटा मन्दिरनजिकै बस रोकेर बसेका थिए । मध्यरातमा उक्त बसले युटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएको थियाे।

प्रहरीले दुईजना महिलासहित ६ जनाको मृत्यु भएको जनाएको छ । जसमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको नाम खुलेको छ । सलेमका प्रहरी उपरीक्षक एस दीपा गनिगरसहित प्रहरी अधिकारी घटनास्थल पुगेका छन् । प्रहरीले दुवै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटना भएको गाडीमा रहेका एक तीर्थयात्री अमरनाथ चौधरीका अनुसार उनीहरू नेपालको सुनसरी जिल्लाबाट गएका हुन् । टोलीमा ३४ जना थिए । फेब्रुअरी ६ अर्थात् माघ २३ गते भारततर्फ गएका उनीहरु ३५ दिनको तीर्थयात्रामा थिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि