बैशाख २४, २०८१, सोमबार
               

इरानमा कोरोना भाइरसबाट २ जनाको ज्यान गयो
मृतकको संख्या २१०० नाघ्यो

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मध्य–पूर्वमा दुई जनाको ज्यान गएको छ । इरानमा दुई जनाको ज्यान गएसँगै मध्यपूर्वमा पनि कोरोना संक्रमितको ज्यान गएको यो पहिलो घटना हो । 

चीनको वुहान शहरबाट फैलिएको कोरनाले मध्य पुर्वमा समेत मानविय क्षती गरेको पहिलो पटक हो । यसअघि एसियाको फिलिपिन्स, हङकङ, जापन र यूरोपको फ्रान्समा कोरोना सङ्क्रमितको ज्यान गएको थियो ।

बिहीबार तेहरानमा रहेका दुई जना कोरोना संक्रमित वृद्धको ज्यान गएको समाचार संस्था अलजजिराले जनाएको छ । चीनमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार २९ पुगेको छ भने ७५ हजार जनामा संक्रमण भएको पुष्टि भएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि