बैशाख २४, २०८१, सोमबार
               

कोरोना भाइरसः ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

नेपाल फ्ल्यास
फागुन ०७, २०७६

ADVERTISEMENT

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ । कोरनाको ईपिसेन्टर चीनमा दुई हजार एक जनाको मृत्यु भएको छ । चीनबाहिरका देशमा चार जनाको ज्यान गएको छ । चीनबाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एक–एक जनाको मृत्यु भएको छ । 
मंगलबार मात्र एक सय ३२ जनाले ज्यान गुमाएका छन् ।

केही दिनदेखि ज्यान गुमाउनेको संख्या घटिरहेको भए पनि मंलबार ज्यान गुमाउनेको संख्या फेरि बढेको हो । यस्तै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ हजार नाघेको छ । 

पछिल्लो समय स्वास्थ्यकर्मी पनि उच्च जोखिममा रहेको देखाएको छ । धेरैजसो संक्रमित मानिसमा मध्यमस्तरको संक्रमण भएको पाइएको पनि बीबीसीले जनाएको छ । यस्तै कोरोना भाइरसलाई लिएर संयम रहन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ । भाइरसको धेरैजसो पीडितमा हलुका खालको सङ्क्रमण देखिएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले सबै देशलाई संयम रहन आग्रह गरेको हो । 


कस्तो लाग्यो ?

यो पनि