बैशाख २४, २०८१, सोमबार
               

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७ सय नाघ्यो, २ हजार संक्रमित
४० अमेरिकीलाई पनि भाइरस संक्रमण

नेपाल फ्ल्यास
फागुन ०५, २०७६

ADVERTISEMENT

एजेन्सी । 'कोभिड १९ कोरोना भाइरस'का कारण ज्यान गुमाउनेको संख्या १७ सय नाघेको छ । सोमबार विहानसम्म १ हजार ७ सय ६९ को मृत्यु भएको समाचार एजेन्सीहरुले बताएका छन् ।

पछिल्लो २४ घण्टामा थप १०० जनाको ज्यान गएको छ । चीनमा १७ सय ६५ र चीन बाहिरका चार देशमा एक - एक जना गरी १७ सय ६९ जनाको ज्यान गएको हो । गएको २४ घण्टामा कोभिड १९ कोरोना भाइरस का २ हजार ४८ नयाँ बिरामी भेटिएका छन् ।

योसँगै चीनमा संक्रमितको संख्या ७० हजार ९ सय ८८ पुगेको छ । कोरोना सुरु भएको हुवेईमा मात्र १ हजार ६ सय ९२ जनाको ज्यान गएको समाचार एजेन्सीले बताएका छन् । पछिल्ला दिनमा कोरोनाका कारण ज्यान गुमाउने र नयाँ संक्रमण हुने दर भने घटिरहेको छ ।

यसैबीच ४० जना अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जापानमा राखिएको डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकीमध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरोनाको संक्रमण देखिएपछि उनीहरुलाई जापानमै राखेर उपचार सुरु भएको छ । बाँकी ३ सय ६० जना अमेरिकी भने स्वदेश फर्किरहेका छन् ।

योसँगै पानीजहाजमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सँख्या ३ सय ५५ पुगेको छ । ३ हजार ७ सय  यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजलाई फेबु्रअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारेन्टाइनमा राखिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि