बैशाख २४, २०८१, सोमबार
               

युरोपसम्म पुग्यो कोरोनाभाइरस, फ्रान्समा एकको मृत्यु

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

ADVERTISEMENT

कोरोनाभाइरसको संक्रमणबाट युरोपमा पहिलो मृत्यु पुष्टि भएको छ ।

मृत्यु हुनेमा फ्रान्स घुम्न आएका चीनको हुबेई प्रान्तका एक ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्य मन्त्री आनियास बिजाँले बताएकी छन् ।

उनी जनवरी १६ मा फ्रान्स आएका थिए र उनलाई २५ जनवरीबाट क्वारेन्टाइनमा राखिएको थियो । 

कोरोनाभाइरसको संक्रमणबाट चीनबाहिर मृत्यु भएको यो घटना हो । यसअघि फ्रान्स र जापानमा कोरोनाभाइरसका एक एक जना संक्रमितको निधन भएको थियो ।

हालसम्म चीनबाहिर २४ मुलुकमा कोरोनाभाइरसका ५ सय भन्दा बढी संक्रमित भएको पुष्टि भइसकेको छ ।

त्यसैगरी चीनमा हालसम्म ६६ हजारबढी संक्रमित भएका छन् भने यसबाट मृत्यु हुनेको संख्या १५ सय बढी पुगिसकेको छ ।

फ्रान्सले आफ्नो मुलुकमा कोरोनाभाइरस संक्रमितको संख्या ११ रहेको जनाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि