बैशाख २३, २०८१, आइतबार
               

चीनबाहिर २४ देशमा कति छन् कोरोनाभाइरस संक्रमित ?

नेपाल फ्ल्यास
फागुन ०२, २०७६

ADVERTISEMENT

जापानमा कोरोना भाइरसबाट सङ्क्रमित पहिलो व्यक्तिको ज्यान गएपछि चीनबाहिर मृत्यु हुने देशको सख्या तीन पुगेको छ ।

चीनबाहिर कोरोना सङ्क्रमितको ज्यान गएको यो तेस्रो घटना हो । यसअघि फिलिपिन्स र हङकङमा एक–एक जनाको ज्यान गइसकेको छ ।

जापान चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको दोस्रो देश बनेको छ । जापानमा अहिलेसम्म दुई सय ५१ वटा कोरोना सङ्क्रमणको घटना सार्वजनिक भएको छ ।

यसैबीच, कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ८३ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ६० हजारभन्दा बढी छ ।

चीनबाहिर २४ देशमा चार सय ४७ जनामा सङ्क्रमण देखिएको छ ।

केही हप्ताअघि जापानको बन्दरगाह योकोहामामा जहाजमा यात्रा गरिरहेका ४४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि