बैशाख २३, २०८१, आइतबार
               

कोरोना भाइरस:  ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो
अहिले नै प्रकोप अन्त्यको अनुमान गर्न ‘निकै छिटो’ हुने

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

कोरोना भाइरसका कारण दैनिक मृत्यू हुनेको दर बढ्दै गएको छ । चीनको हुबेई प्रान्तमा बुधबार एकैदिन दुई सय ४२ जनाको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या एक हजार तीन सय ५० नाघेको छ ।

कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति धेरै जनाको ज्यान गएको बुधबार पहिलो दिन हो । 

भाइरसबाट संक्रमित हुनेको सँख्या पनि बढेको छ । विहीबार विहानसम्म १४ हजार आठ सय ४० जनामा यसको संक्रमण भेटिएको अधिकारीहरुले बताएका छन् ।  

त्यस्तै कोरोना सङ्क्रमणको झण्डै ६० हजार घटना दर्ता भएका छन् । हुबेई प्रान्तले पूरै चीनमा भएको सङ्क्रमणको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।

गएको डिसेम्बर अन्तिममा चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोनाविरुद्ध लड्न केहिसमयभित्रै खोप बनाउने योजना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

विश्व नै आतंकित बनिरहेको बेलामा कोरोना भाइरसको अन्त्य कहिले होला भन्ने अनुमान गर्न अहिले निकै छिटो हुने विज्ञहरुले बताएका छन् ।

‘यो प्रकोप अझै पनि जुनसुकै दिशामा जानसक्छ,’ विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने ।


कस्तो लाग्यो ?

यो पनि