जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाभाइरसको संक्रमणबाट ९०८ को मृत्यु

एजेन्सी
माघ २७, २०७६

ADVERTISEMENT

एजेन्सी । चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ । 

वुहानबाट शुरु भएको भाइरसको संक्रमणको अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एउटा टोलीलाई चीनमा नै खटाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले फेब्रुअरी ९ मा थप ९७ जनाले ज्यान गुमाएको जनाएको छ । योसँगै चीनमा यस भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय ८ पुगेको छ ।

ज्यान गुमाउने अधिकांश वुहान र हुबेई प्रान्त आसपासका रहेका छन् । 

यस रोगबाट देशभर हालसम्म ४० हजार १ सय ७१ जना प्रभावित भएका छन् ।

अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमण विश्वका २५ देशमा फैलिएको पुष्टि भएको छ । 

धेरै राष्ट्रले आफ्ना देशका नागरिकलाई हुेबईबाट फिर्ता लगिसकेका छन् भने मुख्य एयरलाइन्सले चीनमा आफ्नो सेवालाई तत्कालका लागि बन्द गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि