जेठ ०५, २०८१, शनिबार
               

कोरोना भाइरस प्रकोप अपडेटः मृत्यु हुनेको संख्या ७२४ पुग्यो

एजेन्सी
माघ २५, २०७६

ADVERTISEMENT

कोरोना भाइरस प्रकोप अपडेटः मृत्यु हुनेको संख्या ७२४ पुग्यो


एजेन्सी । शुक्रबार मात्रै कोरोना भाइरसका कारण ८६ व्यक्तिको मृत्यु भएको छ । संक्रमण सुरु भएपछि एकैदिन मृत्यु हुने यो सबैभन्दा ठूलो संख्या हो । शुक्रबार अबेर प्रकाशित तथ्यांक अनुसार रोगबाट ३४ हजार ४ सयभन्दा बढी संक्रमित भइसकेका छन् । 
यी तथ्यांकले कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न लागि परेका अधिकारीलाई केही निराश बनाएको छ । 
चीनमा अहिले भाइरसबाट प्रभावित शहरमा युद्धको जस्तो वातावरण देखिन्छ । सम्पूर्ण सवारी साधनहरू ठप्प छ, सडक सुनसान छ । चिकित्सकहरू घर घरमा गएर विरामीको ज्वारो नाप्न थालेका छन् । 
उता जापान र हङकङको बन्दरगाहमा रोकिराखेको दुई क्रुज जहाजमा कोरोना भाइरसबाट संक्रमित विमारी भेटिएपछि हजारौं यात्रु जहाजमै राकिएका छन् । एउटा जहाजमा संक्रमितको संख्या ६४ पुगिसकेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि