जेठ ०५, २०८१, शनिबार
               

जापानको जहाजमा कोरोना भाइरसको महामारी, ९ देशका ६१ नागरिकमा संक्रमण

एजेन्सी
माघ २४, २०७६

जहाजमा सवार एक यात्रु 'औषधीको संकट' लेखिएको साइनबाेर्ड देखाउँदै
ADVERTISEMENT

जापानिज पानी जहाजमा सवार थप ४१ जनामा कोराेना भाइरसको संक्रमण भेटिएको छ । यसअघि यस जहाजमा सवार २० जनामा संक्रमण भेटिएको थियो । डायमन्ड प्रिन्सेस नामक यस जहाजमा झन्डै ३ हजार ७ सय यात्रु थिए ।

८० वर्षका हङकङका नागरिक गत महिना बिरामी परेपछि अन्य  यात्रुहरुको परीक्षण  थालिएको थियो । २० जनवरीमा उनी याकाेहामाबाट जहाजमा चढेका थिए र २५ जनवरीमा हङकङ पुगेका थिए । ती व्यक्तिमा संक्रमण भेटिएको पुष्टि भएपछि दुई सातासम्म याकाेहामामा जहाज राखेर अन्य यात्रुहरुको परीक्षण गरिएको थियो ।

त्यसैगरी हङकङमा अर्काे एक जहाज वल्र्ड ड्रिममा सवार ८ जना पूर्व यात्रुमा भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । बाँकी यात्रुहरुलाई हङकङमै राखेर परीक्षण थालिएको छ ।  यस जहाजमा ३ हजार ६ सय जना सवार थिए । 

ड्रिम प्रिन्सेसमा सवार २८ जापानी, ११ अमेरिकी, ७ क्यानेडेली, ७ अस्ट्रेलियाली, ३ चीनियाँ तथा बेलायत, न्युजिल्यान्ड, फिलिपिन्स र अर्जेन्टिका एक नागरिकमा संक्रमण भेटिएको हाे । 


कस्तो लाग्यो ?

यो पनि