जेठ ०५, २०८१, शनिबार
               

जन्मिएको ३० घण्टामै शिशुमा भेटियो कोरोना संक्रमण

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

बेइजिङ : चीनमा एक नवजात शिशुमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

चिनियाँ चिकित्सकहरुका अनुसार ती शिशु जन्मिएको ३० घण्टामै कोरोना संक्रमण देखिएको हो । शिशुकी आमालाई यसअघि नै कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

वुहानको एक अस्पतालमा फेब्रुअरी २ मा ती शिशु जन्मिएका थिए । बच्चाको स्वासप्रस्वासमा समस्या देखिएको बताइएको छ । साथै आमा र शिशु दुबैलाई स्वास्थ्य निगरानीमा राखिएको छ ।

चीनमा अहिलेसम्म ५ सय ५० भन्दा धेरैको मृत्यु भइसकेको छ । २८ हजार भन्दा धेरै संक्रमित छन् । चीनको वुहानमा सुरु भएको कोरोना भाइरस अहिलेसम्म विभिन्न २७ देशमा फैलिएको छ ।


कस्तो लाग्यो ?

यो पनि