जेठ ०५, २०८१, शनिबार
               

कोरोना भाइरसका कारण हङकङमा १८ संक्रमित, ज्यान गुमाउनेको संख्या ५ सय पुग्यो

एजेन्सी
माघ २३, २०७६

ADVERTISEMENT

हङकङ । चीनमा महामारीको रूप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ। विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरे। 

हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा  कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो। उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनको हिजो मृत्यु भएको थियो ।

कोरोना भाइरसका कारण चीनमा करिब ५ सय जनाको ज्यान गएको छ। 


कस्तो लाग्यो ?

यो पनि