बैशाख १८, २०८१, मंगलबार
               

कोरोना भाइरसबाट ५६५ को मृत्यु

एजेन्सी
माघ २३, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६५ पुगेको छ।

भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा मात्रै ५६३ मानिसको मृत्यु भएको बताइएको छ।

यसबाहेक कोरोना संक्रमणबाट फिलिपिन्स र हङकङमा एक–एक जनाको मृत्यु भएको छ।

चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार १८ पुगेको छ। 

चीन र अन्य २ दर्जन मुलुकमा गरी कोरोना संक्रमितको संख्या २८ हजार २ सय ६१ पुगेको छ।

बुधबार मात्रै चीनमा थप ३ हजार ६ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन्। 

मंगलबार कोरोना भाइरसका कारण ६५ जनाको मृत्यु भएको थियो।

त्यस्तै मंगलबार करिब ३ हजार ९ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। 


कस्तो लाग्यो ?

यो पनि