मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना भाइरसबाट चीनमा ४९२ को मृत्यु

एजेन्सी
माघ २२, २०७६

ADVERTISEMENT

एजेन्सी । चीनबाट फैलिएको खतरनाक कोरोना भाइरसका कारण चीनमा मात्र अहिलेसम्म ४९२ जनाको मृत्यु भइसकेको छ ।

बुधबार यस भाइरसका कारण ६५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यस भाइरसबाट २४००० मानिस प्रभावित भएका छन् । गत डिसेम्बरदेखि चीनमा कोरोना भाइरसको संक्रमण फैलिन सुरु भएको हो ।

यस भाइरसकको संक्रमण विश्वका अन्य देशमा समेत फैलिएको छ । कोरोना भाइरस संक्रमणबाट हङकङ मा एक जना र फिलिपिन्समा एक जनाको मृत्यु भइसकेको छ ।

डब्लुएचओ के भन्छ ?

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नयाँ कोरोनाभाइरसविरुद्ध चीनले चालेका कदमले सङ्क्रमणलाई विश्वब्यापी सङ्कट बन्न नदिन बाँकी विश्वलाई अवसर दिएको जनाएको छ।

डब्लुएचओका महानिर्देशकले चीनको कदम उपयुक्त भएको टिप्पणी गरे।

प्रकोपलाई सुरुकै अवस्थामा रोक्न नसकेको भन्दै चिनियाँ अधिकारीहरूको आलोचना भइरहँदा डब्लुएचओको त्यस्तो प्रशंसा आएको हो।

जिनिभामा बोल्दै डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले चीनले प्रकोप सुरु भएको ठाउँमा गरिरहेको कामलाई त्यसलाई थप फैलन नदिने र नियन्त्रण गर्ने अवसरका रूपमा हेर्नुपर्ने बताए।

चीनको शीर्षस्थ नेतृत्वले घातक कोरोनाभाइरसको प्रकोपसँग जुझ्ने क्रममाुसरकारी कमजोरी र अपूर्णता पाइएको स्वीकारेको एक दिनपछि राष्ट्रसङ्घीय स्वास्थ्य निकायको त्यस्तो भनाइ आएको हो।

चीन सरकारले सुरुमा यस भाइरसको संवेदनशीलतालाई कम आकलन गरेको र त्यसकै कारण यसको समाचार लुकाउन खोजेको आरोप समेत झेलेको थियो।

जिनिभास्थित राष्ट्रसङ्घका लागि चिनियाँ राजदूत चेन छुले भने कतिपय प्रतिबन्धहरू डब्लुएचओको सुझाव विपरीत रहेको भन्दै यस प्रकोपबारे देशहरूले उग्र प्रतिक्रिया जनाउन आवश्यक नरहेको बताएका छन्।


कस्तो लाग्यो ?

यो पनि