जेठ ०५, २०८१, शनिबार
               

कोरोनाका कारण हङकङमा एकको मृत्यु, हड्तालमा उत्रिए डाक्टर

नेपाल फ्ल्यास
माघ २१, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसबाट हङकङमा एक जनाको मृत्यु भएको छ। 

कोरोना भाइरस संक्रमणबाट हङकङमा पहिलोपटक ३९ वर्षीय व्यक्तिको मृत्यु भएको हो । 

क्वाइ चुङमा रहेको प्रिन्सेस मार्गरेट अस्पतालमा उपचाररत उनको मृत्यु भएको हो । उनी गत जनवरीमा वुहान भ्रमण गरेर फर्किएका थिए। 

चीनको वुहानबाट फैलिएको यस भाइरसको संक्रमणबाट हालसम्म ४२७ भन्दा बढीको मृत्यु भइसकेको छ।

चीन बाहिर फिलिपिन्समा समेत एक व्यक्तिको मृत्यु भएको छ ।

हडताल

चीनसँगको सिमाना बन्द गर्न माग गर्दै हङकङका स्वास्थ्यकर्मीले हडताल गरेका छन्। 

स्वास्थ्यकर्मीहरू हडतालमा उत्रिएपछि विरामीको उपचारमा समस्या भएको छ।


कस्तो लाग्यो ?

यो पनि