बैशाख १८, २०८१, मंगलबार
               

संसारभर फैलिदै कोरोना भाइरस, २१३ जनाको मृत्यु

नेपाल फ्ल्यास
माघ १७, २०७६

ADVERTISEMENT

काठमाडौं । सबैभन्दा पहिले चीनमा देखिएको कोरोना भाइरस अहिले विश्वव्यापी हुन थालेको छ ।

चीनसँगै करिब दुई दर्जन अन्य देशमा पनि यो भाइरसको संक्रमण देखिन थालेको हो ।

कोरोना भाइरसका कारण अहिलेसम्म २१३ जनाको मृत्यु भइसकेको र अरु सयौँ व्यक्ति संक्रमित भएको पुष्टि भइसकेको छ ।

यो भाइरस चीनको मध्य क्षेत्रमा पर्ने वुहान सहरमा सबैभन्दा पहिले देखिएको थियो ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार दिएको जानकारी अनुसार कोरोना भाइरस अहिलेसम्म ७७ सय ११ जनामा देखिएको पुष्टि भएको छ ।

चीनबाहेक मकाउ र हङकङमा धेरै व्यक्ति (८० जना) मा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको बताइएको छ ।

चीनमा बिहीबारसम्ममा झण्डै ९ हजार जनामा कोरोना भइरसको संक्रमण भएको पुष्टि भएको छ । उनीहरूमध्ये अधिकांश वुहान र त्यस आसपासका रहेका छन् ।

त्यसैगरी मृत्यु भएका २१३ जनामध्ये पनि अधिकांश त्यही क्षेत्रका रहेका जनाइएको छ ।

अस्ट्रेलियामा यसका सात बिरामी भेटिएका छन् । तीमध्ये सात जना चीनको वुहानबाट आएका हुन् ।

प्रभावितहरूको सिड्नी, मेलबर्न र गोल्ड कोस्टस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सबैभन्दा पछाडि भेटिएका ४४ वर्षीय बिरामी वुहानबाटै आएका हुन् । उनको अवस्था स्थिर रहेको जनाइएको छ ।

कम्बोडियाको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ गत सोमबार पहिलो पटक कोरोना भाइरस संक्रमित बिरामी भेटिएका हुन् । संक्रमित बिरामी वुहानबाट आएका ६० वर्षीय पुरुष हुन् ।

हङकङमा अहिलेसम्म १० जनामा कोरोना भाइरसको पुष्टि भएको छ । तीमध्ये ६ जना चिनियाँ सहर वुहानबाट हङकङ छिरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि