जेठ ०५, २०८१, शनिबार
               

संसारभर कहाँ-कहाँ फैलिएको छ कोरोना भाइरस ?

एजेन्सी
माघ १६, २०७६

ADVERTISEMENT

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण अहिलेसम्म १७० जना व्यक्तिको मृत्यु भइसकेको छ ।

यस भाइरसबाट सात हजार भन्दा बढी मानिस प्रभावित भएका छन् । विश्व स्वास्थ्य संगठनले दोस्रो पटक आपतकालिन बैठक बोलाएको छ । 

विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ।

उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमणबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन्।

करिब १६ देशमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भइसकेको छ । चीनपछि सबैभन्दा बढी संक्रमणको खतरा थाइल्याण्डमा रहेको बताइएको छ ।

थाइल्याण्डपछि जापान, हङकङ, अष्ट्रेलिया, ब्रिटेन बढी खतराको सूचीमा छन् । भारत पनि यस भाइरसको जोखिममा छ ।

बुधबारसम्म थाइल्याडमा १४, हङकङमा १०, ताइवानमा ८, जापान, सिंगापुर, मकाउ तथा मलेसियामा ७–७, फ्रान्स, अस्ट्रेलिया र अमेरिकामा ५–५, दक्षिण कोरिया, युएई र जर्मनीमा ४–४, क्यानडा र भियतनाममा २–२, कम्बोडिा र नेपालमा १–१ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण भइसकेको पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि