बैशाख १५, २०८१, शनिबार
               

अण्डा खाँदा ख्याल गरौँ

एजेन्सी
पुस ०३, २०७९

ADVERTISEMENT

धेरैजसो स्वास्थ्य समस्याको कारक खानपिन नै हो। के खाने र क नखाने भन्नेबारे ज्ञान हुन जति जरुरी छ, त्यति नै खानाको कम्बिनेसन पनि अर्थपूर्ण छ। के खाएपछि तत्काल कुन कुन कुरा खानु हुँदैन भनेर हेका पाउन पनि जरुरी हुन्छ।

अण्डा प्रोटिनको महत्त्वपूर्ण स्रोत हो। चिकित्सकहरूले धेरै बिरामीलाई अण्डा खान सुझाव दिइरहेका हुन्छ। प्रायको भान्सामा अण्डा हुन्छ। प्रायले खाजा खाँदा अण्डालाई छुटाउँदैनन्। अझ जिम तथा व्यायाम गर्नेले त दिनमै ठूलो परिमाणमा अण्डा खान्छन्।

तर, अण्डासँग के खान हुँदैन भन्नेबारे धेरैलाई जानकारी हुँदैन । आज हामी अण्डासँग वा अण्डा खाइसकेपछि के खान हुँदैन भन्नेबारे जानकारी दिँदै छौँ।

१. चिनी : अण्डासँग चिनी कहिल्यै पनि खानु हुँदैन । यी दुई खानेकुरा सँगै खानुभयो भने एमिनो एसिड बन्छ । जुन शरीरको लागि विष साबित हुन सक्छ।

२. चिया : प्रायले चिया अण्डा सँगै खाने गरेको पाइन्छ । तर, चिकित्सकहरू अण्डा र चियालाई सँगै नखान सुझाव दिन्छन्। यसले कब्जियत गराउन सक्छ। जर्नल अफ न्युट्रिसनमा प्रकाशित एक अध्ययनले चिया र अण्डा सँगै खाँदा १७ प्रतिशत प्रोटिन घट्ने देखाएको छ। 

३. माछा : माछा र अण्डा पनि सँगै खान हुँदैन। यसले तपाईँलाई एलर्जी हुन सक्छ।

४. पनिर: माछाजस्तै अण्डासँग पनिर खान हुँदैन। यसले पनि एलर्जी गराउँछ । यी दुई खानेकुरा सँगै खाँदा शरीरमा अरू रोगहरू लाग्ने सम्भावना हुन्छ।

५. केरा: अण्डा खाएलगत्तै केरा खाने खाने बानी छ भने आजै छोड्नुहोस् । विशेषगरी जिम जानेहरूले अण्डा र केरा सँगै खाने गरेको पाइन्छ । जुन स्वास्थ्यका लागि घातक छ।

एजेन्सीबाट


कस्तो लाग्यो ?

यो पनि