बैशाख १३, २०८१, बिहीबार
               

काठमाडौंमा प्रदूषण फेल भएका सवारीलाई चर्को जरिवाना

नेपाल फ्ल्यास
पुस ०१, २०७९

ADVERTISEMENT

काठमाडाै‌ंमा वातावरण विभागले आजदेखि प्रदूषण जाँचपास नभएका सवारीसाधनहरूलाई कडाइ गर्ने भएको छ ।

वातावरण विभागले गत २२ मंसिर नै सूचना जारी गरेर १ पुसपछि नियमित जाँच हुने तथा त्यसमा पास नभएका सवारीसाधनलाई वातावरण संरक्षण ऐनअनुसार कारबाही र जरिवाना गर्ने चेतावनी दिएको थियो ।

आजदेखि वातावरण संरक्षण ऐन ०७६ को दफा ४१ को उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने विभागले सूचना जारी गरेको छ ।

सवारीसाधनको मर्मत गर्न र वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाहीमा पर्ने भएका छन् । विभागले वायु प्रदूषणको मुख्य कारक सवारी साधनबाट निस्केको धुवाँ रहेको जनाएको छ ।

साथै विभागले कसैले टोल छिमेकमा खुलारूपमा फोहोर जलाउने तथा खुलारूपमा फोहोर जलाएको पाइएमा गोप्यरूपमा जानकारी दिनसमेत आग्रह गरेको छ। यसरी खुलारूपमा फोहोर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि