चैत १५, २०८०, बिहीबार
               

डेंगुबाट मृत्यु हुनेको संख्या ४४

नेपाल फ्ल्यास
असोज २४, २०७९

ADVERTISEMENT

डेंगुकाे संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप दुई जनाको संक्रमणबाट मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार गत साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो ।

यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै हो । यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ ।

हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९७५ पुगेको छ। यो संख्या हालसम्मकै उच्च हो ।


कस्तो लाग्यो ?

यो पनि