बैशाख ०८, २०८१, शनिबार
               

स्याङ्जामा २४८ एचआईभी सङ्क्रमित

नेपाल फ्ल्यास
कात्तिक २०, २०७८

ADVERTISEMENT

स्याङ्जामा थप २९ जनामा एचआईभी सङ्क्रमण दखिएको छ । गह्रौँ प्राथमिक अस्पतालमा परीक्षणका क्रममा ११ जनामा तथा जिल्ला बाहिरका अस्पतालमा १८ जनामा एचआईभी सङ्क्रमण देखिएको हो ।

सबै सङ्क्रमितले नियमित औषधि सेवन गर्दै आएको गह्रौँ अस्पतालका एआरटी परामर्शदाता शङ्कर जिसीले जानकारी दिनुभयो ।  सङ्क्रमित वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वत र गुल्मीका रहेका छन् । गह्रौँ प्राथमिक अस्पतालले एआरटी सेवा आरम्भ गरेसँगै हालसम्म २४८ सङ्क्रमितलाई औषधिसहित परामर्श प्रदान गरिएको जिसीले बताए । एआरटी सेवा लिनेमा पुरुष १२१, महिला ११७ र बालबालिका १० छन् । 

“हालसम्म १५ जनाले एचआईभी एड्सबाट ज्यान गुमाएका छन्”, उनले भने । एचआईभी सङ्क्रमित विस्तारै खुल्न थालेको जिसी बताउछन् । “पहिला थाहा पाउँछन् कि भन्ने डरले अन्यत्रबाट औषधि लिने गरेका थिए, अहिले यहीँ आउन थाल्नुभएको छ”, उनले भने । जिल्लामा असार मसान्तसम्म ९८ महिला, ९४ पुरुष र आठ बालबालिका एचआईभीबाट सङ्क्रमित भएका थिए । एक सय ७४ जनाले औषधि तथा परामर्श सेवा लिएका छन् । 

विसं २०७६ असार मसान्तसम्ममा ९३ महिला, ८८ पुरुष र १२ बालबालिका एचआईभी सङ्क्रमितमध्ये १६४ जनाले अस्पतालबाट औषधिसहित परामर्श लिएको जिसीले बताए । “सङ्क्रमितमध्ये १३३ जनाको गह्रौ प्राथमिक अस्पतालले निःशुल्क स्वास्थ्य बीमा गरेको छ”, उनले भने । १३४ सङ्क्रमितले कोभिड–१९ विरुद्धको खोपसमेत लगाइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि