बैशाख १७, २०८१, सोमबार
               

एस्ट्राजेनेका खोपको दोस्रो मात्रा काठमाडौंमा आजदेखि लगाइँदै

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । कोभिड– १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा (आज) मंगलबारदेखि काठमाडौं जिल्लामा लगाइँदै छ । काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिका १८ वर्ष माथिकालाई दोस्रो मात्रा दिन लागिएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौं महानगरमा नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रिरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप लगाइने जानकारी दिएको छ । यी अस्पतालमा दुई दिनसम्म खोप दिइनेछ । बाँकी स्थानीय तहमा तीन दिनसम्म खोप लगाउन पाइनेछ । 

काठमाडौं महानगरको हकमा १० कात्तिक सबै वडामा खोप केन्द्र सञ्चालन हुनेछ । खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले आह्वान गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि