बैशाख १८, २०८१, मंगलबार
               

देशभरका बालबालिकालाई ​कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने

नेपाल फ्ल्यास
असोज १२, २०७८

ADVERTISEMENT

काठमाडौं । देशभर पाँच वर्षसम्मका बालबालिकालाई कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने भएको छ । यसभन्दा अघि सरकारले कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइने कार्यक्रम तय गरे पनि दशैं परेकाले समय परिर्वतन गरेकोे हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ ।

यस्तै, ६ देखि २३ महिनाका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्व बाल भिटा समेत दिइने भएको छ । देशभरका खोप केन्द्रलाई राष्ट्रिय भिटामिन ए कार्यक्रमको तयारी थाल्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि